रौतहट, २ कात्तिक । गौर नगरपालिका–१३ स्थित मुडवलवामा आज भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार भारतीय नम्बरको जिपले ठक्कर दिँदा धर्मपुर गाविस–१ बस्ने ३७ वर्षीय उमेशप्रसाद यादवको घटनास्थलमा नै मृत्यु भएको हो । तीव्र गतिमा गुडिरहेको बी आर ०५ ए १३९३ नम्बरको भारतीय बोलेरो जिपले साइकलमा यात्रा गरिरहेका यादवलाई ठक्कर दिएको थियो ।
मृतक यादव स्थानीय धर्मपुर माध्यमिक विद्यालयका शिक्षक रहेको बुझिएको छ । दुर्घटनापछि चालक फरार छन् । सवारी हाल जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा रहेको छ । रासस















प्रतिक्रिया