३० आश्विन २०८३, शुक्रबार

निजी क्षेत्रले प्रधानमन्त्रीलाई भन्यो- चाँडै आपूर्ति सहज बनाउन पहल होस्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

FNCCI President Delivers Remarksकाठमाडौं, २ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाल उधोग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाको नेतृत्वको प्रतिनिधि मण्डलले आज भेट गरी बधाईँ ज्ञापन तथा शुभकामना व्यक्त गरेको छ ।

त्यस अवसरमा महासंघका अध्यक्ष मुरारकासहितका अन्य पदाधिकारीले आपूर्ति व्यबस्थामा देखिएको अहिलेको असहज परिस्थिति, तराई मधेसमा आन्दोलनका नाममा उधोग व्यबसायहरुमा भईरहेका तोडफोड लगायतका विषयमा प्रधानमन्त्री ओलीलाई अवगत गराउनु भएको थियो ।

उहाँहरुले ओलीको नेतृत्वमा गठित नयाँ सरकारबाट आफुहरु उत्साहित भएको र निजी क्षेत्र सरकारसँग सहकार्य गर्न तत्पर रहेको, अहिलेको स्थितिलाई सहज बनाउन सरकारलाई निजी क्षेत्रबाट समेत सहयोग पुर्याउन तयार रहेको बताउनु भएको थियो ।

जवाफमा प्रधानमन्त्री ओलीले अहिलेको असहज अवस्थालाई सरकारले गम्भीरतापूर्वक लिएको र चाँडै नै अहिलेको अवस्थाको अन्त्य हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले, अहिलेको जस्तो कष्टको यो अन्तिम श्रृंखला हुने र आगामी दिनमा अनुत्तरदायीपूर्ण बन्द हडताल जस्ता गतिबिधि हुन नदिनेतर्फ सरकारले ध्यान दिने बताउनुभयो ।

तराई मधेसका जनताका नाममा भईरहेका गतिबिधिले सबैभन्दा बढी त्यस क्षेत्रकै जनता पीडित भएको र सिंगो नेपाल पनि यसबाट पीडित भएकोले उधोगी व्यबसायीहरुलाई समस्या समाधानका लागि आफ्नोतर्फबाट पनि पहल गर्न प्रधानमन्त्री ओलीले आग्रह गर्नुभयो ।

प्रधानमन्त्रीले जायज मागहरुलाई सम्बोधन गर्न आफू जहिले पनि तयार रहेको पनि बताउनुभयो ।