तेहरान, २ कात्तिक । इरान र विश्वका छ वटा शक्ति राष्ट्रहरुबीच भएको आणविक सम्झौताको कार्यान्वयन सुरु भएको छ ।
आइतबार इरानका विदेशमन्त्री मोहम्मद जवाद जारिफ र युरोपेली युनियनका विदेश मामिलासम्बन्धी प्रमुख फेड्रिका मोकजेरिनीले शनिबार सो जानकारी दिनुभएको हो ।
उहाँहरुले उक्त सम्झौता आइतबारदेखि कार्यान्वयन भएको जानकारी एक प्रेस विज्ञप्ति प्रकाशन गरेर दिनुभएको छ ।
उहाँहरुले सो आणविक सम्झौताको कार्यान्वयन सुरु भएको जानकारी दिनुभएको हो । उहाँहरुको सो संयुक्त विज्ञप्ति इरानको विदेश मन्त्रालयमा राखिएको छ ।
विश्वका शक्ति राष्ट्रबीच गएको जुलाई महिनामा सम्पन्न भएको आणविक सम्झौताको कार्यान्वयनका लागि इरानको संसदले इरान सरकारलाई अनुमति दिएको छ ।
सो सम्झौता विभिन्न चरणका वार्ताहरुपछि हालैमात्र विश्वका शक्ति राष्ट्रहरु र इरानकाबीचमा सम्पन्न भएको थियो ।
इरानको संसदले मङ्गलबार सो सम्झौता कार्यान्वयनका लागि इरानी सरकारलाई अनुमति दिएको बताइएको छ ।
उक्त सम्झौताको कार्यान्वयनका लागि इरानलाई त्यहाँको संसदले अनुमति दिनुपर्दथ्यो । विश्वका छवटा शक्ति राष्ट्र र इरानबीच सम्पन्न सो सम्झौताको कार्यान्वयनका लागि संसदले अधिकार दिएपछि यसको बाटो खुलेको हो ।
सो सम्झौताका लागि पारित एक कार्य योजना पनि कार्यान्वयनमा ल्याउन संसदले आवश्यक मापदण्ड अपनाउन सरकारलाई सजिलो बनाइदिएको बताइएको छ ।
निकै लामो विवाद र छलफलपछि गत जुलाई महिनामा संयुक्त राष्ट्रसंघका पाँचवटा स्थायी सदस्य राष्ट्र र जर्मनीबीच इरानको पारमाणविक सम्झौता भएको थियो । रासस/सिन्ह्वा















प्रतिक्रिया