११ कार्तिक २०८३, बुधबार

अघोषित नाकाबन्दी गरेको भारतले यसरी मार्दैछ नेपाली जनतालाई

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

India-Flag

– प्रदीप परियार

बिर्तामोड, १ कात्तिक । अघोषित नाकाबनदी गरेर दुःख दिइरहेको भारतले नेपाली जनतालाई तड्पाई तड्पाई मार्ने खोजिरहेको छ ।

सीमामा नाकाबन्दी गरेर भारतीय व्यापारीहरु नेपाली जनतालाई मंहगोमा पेट्रोलियम पदार्थ बेचेर मारिरहेका हुन् । भारतसँग जोडिएको पूर्वी नाका काँकरभिट्टामा पछिल्लो समय पेट्रोलियम पदार्थको खुलेआम कालोबजारी भइरहेको छ ।

मेचीनगरको इँटाभट्टादेखि मेची पुलसम्म कालोबजारीका दृश्यहरु देख्न पाइन्छन् । संविधानमा असन्तुष्टि जनाउँदै भारतले गरेको अघोषित नाकाबन्दीको फाइदा लुट्दै भारतीय नागरिकले नेपालमा आएर खुलेआम कालोबजारी गरेको भेटिएको छ भने नेपालले पनि उक्त कार्यमा सहयोग पुर्याइरहेका छन् ।

नेपाली भूमिमा भारतीय नागरिकले गरिरहेको कालोबजारीमा नेपाल प्रहरी मुकदर्शक बनेका छन् । खुलेआम पेट्रोलियम पदार्थको कालोबजारी भइरहँदा पनि प्रहरी प्रशासनले कुनै चासो दिएका छैनन् ।

भारतीय नम्बर प्लेट भएका सवारीहरुले दैनिक हजारौं लिटर पेट्रोलियम पदार्थ नेपाली भूमिमा ल्याई दोब्बर मूल्यमा बिक्री गरिरहेका छन् । काँकरभिट्टाका एक स्थानीय भन्छन्-‘कालोबजारी भीआईपी ढंगले भएको छ ।’ उनका अनुसार महँगा महँगा नयाँ गाडी समेत कालोबजारीमा संलग्न भएका छन् ।

petrolप्रधानमन्त्रीमा कांग्रेसका सभापति सुशील कोइरालालाई सहयोग गर्ने अभिव्यक्ति दिएको भारतले एमाले सरकारमा आएपछि तत्काल बधाई ज्ञापन गरे पनि केही दिनमै नाकालाई कडाइ गरेको छ ।

चाडपर्वको मुखमा भारतले गरेको अघोषित नाकाबन्दीले नेपाली पूर्णरुपमा प्रभावित बनेका छन् । मोटरसाइकल, बोलेरो, कार लगायतका साधनमा भारतीयले खुलेआम मेची पुलबाटै तेल ल्याउँदै बिक्री गरिरहेका छन् । पुलमा नेपाली सुरक्षाकर्मी भए पनि तेलको कालोबजारी गर्नेलाई कुनै रोकावट छैन ।

भारतबाट ल्याइएको तेल दोब्बर मूल्यमा नेपालीले किन्न बाध्य भएका छन् । काँकरभिट्टामा यतिबेला धेरैले गर्दै आएको पेशा व्यवसायलाई प्राथमिकता नदिई तेलको कालोबजारी गर्न व्यस्त भएका छन् । काँकरभिट्टा क्याम्पस मोडमा कस्मेटिक पसल सञ्चालन गर्दै आएकी एक किशोरीले दैनिक एक हजार लिटर भन्दा बढी तेल बिक्री गरिरहेको बताइन् ।

उनलाई भारतका केही युवाहरुले तेल भर्दै ल्याउँदै दिइरहेका छन् । उनले आइतबार मात्र अघिल्लो दिनको भन्दा कम परिणाममा तेल बिक्री गरेको बताइन् । नाकामा कडाइ भएपछि तेल ओसारपोसार गर्न पनि समस्या भइरहेको बुझिएको छ ।

नेपाललाई तेल नदिने (आईओसीले) कालोबजारी गर्न भने पर्याप्त तेल दिइरहेको छ । काँकरभिट्टामा मात्र एक सय भन्दा बढी ‘स्टेण्ड’ तयार गरेर तेलको कालोबजारी गरिरहेको पाइएको छ । एक स्थानीय भन्छन्–‘कालोबजारी गर्न नाकाबन्दी गरेको हुनुपर्छ ।’ पछिल्लो समय अघोषित नाकाबन्दी गर्नु कालोबजारीका लागि भएको स्पष्ट भएको छ । नेपालीले प्रतिलिटर १८० देखि २४० रुपैयाँसम्म तिरेर तेल भर्न बाध्य भएका छन् ।