काठमाडौं । ‘रनवे मोडल २०१५’को उपाधी अनिस तामाङ र मोनालिसा पराजुलीले जितेका छन् ।
नुवाकोट काउले ७ का २० वर्षीय तामाङ पुरुषतर्फ र गाईघाट २ की १८ वर्षीय पराजुलीले महिलातर्फको शीर्ष उपाधि हासिल गरेका हुन् । दुबैले २४–२४ प्रतियोगिलाई पछि पार्दै उपाधि हासिल गरेका थिए ।
प्रतियोगितामा तामाङले फोटोजेनिक र पराजुलीले मोष्ट इष्टाइलिस, मोडल डियुरिङ ट्रेनिङ सेसन समेत सह–उपाधि प्राप्त गरे ।
बिजेता दुबैले शीर्ष उपाधिका साथमा नगद पचाँस हजार, चलचित्र, म्युजिक भिडियो अभिनय अवसरकासाथै बिभिन्न गिफ्ट पुरस्कारका रुपमा प्राप्त गरेका छन् ।
रनवे नेपालले शुक्रबार अबेर साँझ एकै पेक्षालयमा पुरुष तथा महिलालाई उतारेको कार्यक्रममा पुरुषतर्फ प्रशान्त लिम्बु फष्ट रनरअप र आसिस अन्सारी सेकेनड रनरअप घोषित हुँदा महिलातर्फ श्रृजना टमटा फष्ट रनरअप र कृति खरेल सेकेन्ड रनरअप चुनिए ।
श्रृजनाले मिस ट्यालेन्ट र कृतिले मिस पपुलर सह–उपाधिका साथमा बिभिन्न उपहारहरू प्राप्त गरे ।
कमलादीस्थित प्रज्ञाप्रतिष्ठानमा आयोजित प्रतियोगितामा मुख्य अतिथि कांग्रेसका नेता कृष्णप्रसाद सिटौला र बिशेष अतिथि इन्डियन आइडल तथा अभिनेता प्रशान्त तामाङ रहेका थिए ।
कार्यक्रममा इन्डियन आइडल तथा अभिनेता प्रशान्त तामाङ, हाँस्य कलाकार किरण केसी, अभिनेता तथा रंग पत्रकार श्याम अर्याल, पत्रकार कुबेर गिरीलगायतलाई सम्मान समेत गरिएको थियो ।















प्रतिक्रिया