३० आश्विन २०८३, शुक्रबार

एनएसटीको अध्यक्षमा विजय भट्टराईको उम्मेदवारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bijay 1टेक्सास । अमेरिकाको टेक्ससमा नेपालीको ठुलो जनसंख्या भएको नेपाली समाज टेक्सास (एनएसटी) लाई नयां चुनौती र परिस्थिती अनुसार अगाडी लैजान विजयराज भट्टराईले अध्यक्षमा उम्मेदवारी दिने हुनु भएको छ । भट्टराई हाल महासचिवको जिम्मेवारीमा हुनुहुन्छ ।
नेतृत्व लिने वारेमा मेडियाले  राखेको जिज्ञासामा भट्टराईले अगुवा समाजसेवीहरुले नेपाली समाज टेक्सासलाई अहिलेको सन्दर्भमा अझ गतिशील वनाउन नेतृत्व दिनका लागि सुझाव दिईरहनु भएको छ कसरी अगाडी वढ्ने भन्नेमा अझै सल्लाह सुझाव लिईरहेको वताउनु भयो ।
औपचारिक तथ्यांक नभए पनि टेक्सासमा ५० हजार भन्दा वढी नेपाली भएको अनुमान छ । एनएसटी ५०१ (सी) ३ अन्तर्गत कर मुक्त समाजिक संस्था हो ।
पेशाले कम्युटर इन्जिनियर भट्टराई, आफ्नो इन्जिनीरिंग पेशा संगै समाजसेवामा हरेक गतिविधिमा अगुवा भूमिकामा देखिनु हुन्छ। हाल उहा ड्यालसमा संचालित एनएसटी स्कुलको प्रिन्सिपल पनि हुनुहुन्छ । अहिले ८६ जना विद्यार्थी एनएसटी स्कुलमा छन् ।
हाम्रा केटाकेटी, किशोर यहां हाम्रा भविष्य हुन उनीहरुले चाहे अनुसारको नेपाली समाज वनाउन सक्ने व्यक्ति एनएसटीमा जानु पर्छ भन्ने मेरो मान्यता हो  भट्टराईले भन्नुभयो यसमा म नै हुनुपर्छ भन्ने छैन तर, काम गर्न सक्ने नेपाली समाजलाई नयां दिशा दिन सक्ने नेतृत्व भने चाहिन्छ ।
हामीले हाम्रो समुदायलाई यहांको अमेरिकी समुदायसंग जोड्ने चुनौती छ भट्टराईले भन्नुभयो र साथै जोड्नु भयो हामीले एनएसटीको स्थापनाको उद्देश्यलाई पनि भुल्नु हुदैंन । एनएसटी १९९८ मा नेपाली समुदायलाई अप्ठ्यारो पर्दा सहयोग गर्ने उद्देश्यले संस्थापना भएको थियो ।
अमेरिकामा नेपालीको  दास्रो पुस्ता वढ्ने क्रमसंगै चुनाीती पनि थपिएको भट्टराईको अनुभव छ । स्कुलमा संलग्न हुदां हुकिर्दै गरेका वालवच्चाले अभिभावकलाई वुझ्न नसक्ने र अविभावकले आफ्नो छोरा छोरी नवुझेको अवस्था छ यो दुरी ठुलो चुनौती हो भट्टराईले भन्नुभयो ।
अमेरिकामा  वस्ने नेपाली मोटामोटी रुपमा ५ खालका भेटिन्छ उनीहरु विच अहिले केही दुरी छ यसलाई एनएसटी जस्ता समाजिक संस्थाले हटाउनु मद्दत पुर्याउनु पर्छ, उहांले भन्नुभयो ।
समुदायको हितका लागि अझ सक्षम र गतिशील एनएसटी अझ वढी सहयोगी हुन सक्ने हुने भट्टराईले वताउनु भयो ।