३० आश्विन २०८३, शुक्रबार

अफगानिस्तानले अमेरिकी राष्ट्रपति ओबामालाई भन्यो- तपाईलाई धन्यवाद

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

obama-ghaniकाबुल, २९ असोज । संयुक्तराज्य अमेरिकाले अफगानिस्तानमा बाँकी रहेका आफ्ना सेना अहिले नै नफर्काउने भनी गरेको निर्णयको अफगानिस्तानले स्वागत गरेको छ ।

अमेरिकी राष्ट्रपति बाराक ओबामाले बिहीबार ९ हजार ८०० अमेरिकी सैनिक अफगानिस्तानमा बाँकी राख्ने घोषणा गर्नु भएको हो ।

हाल अफगान सैनिकले मात्र स्वतन्त्र रुपमा र सुरिक्षत भई उभिन तयार नभएको उहाँले बताउनु भएको छ । हाल त्यहाँ रहेका सेनाले युद्ध लड्ने नभई अफगान सेनालाई अन्य हिसाबले सघाउने गरेका छन् । यस निर्णयको अफगानिस्तानका राष्ट्रपति असरफ घानीले स्वागत गर्नुभएको छ ।

ओबामा प्रशासनले दिएको जानकारीअनुसार हाल अफगानिस्तानम बाँकी राख्न लागिएको ९ हजार ८०० अमेरिकी सेनामा आगामी सन् २०१६ को अन्त्यसम्ममा पुनः घटाइने छ ।

सन् २०१७ सम्ममा ५ हजार ५०० अमेरिकी सेना बाँकी रहने निर्णय अमेरिकाले बिहीबार नै गरेको छ । अफगानिस्तानमा रहेका नेटोसँग आबद्ध सैनिक अफगान युद्ध सकिएको घोषणा गरी गत जनवरीबाट स्वदेश फर्किएका छन् । तर अफगानिस्तानमा सुरक्षा भने कायम हुन सकिरहेको छैन ।

अफगानिस्तानमा बाँकी रहेका अमेरिकी सैनिकले तालिवानसँग युद्ध नगर्ने तर अफगान सुरक्षाबललाई तालिम र सल्लाह दिने गर्दै आएका छन् । अहिले ती बाँकी रहेका सेना पनि स्वदेश फर्काउने बारेमा अमेरिकाले सोचिरहेको थियो । रासस/एएफपी