३० आश्विन २०८३, शुक्रबार

रसिया ग्यास ल्याउन पाकिस्तानले यसरी गर्‍यो तयारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pakistan-flagइस्लामावाद, २९ असोज । पाकिस्तान र रसियाबीच पाकिस्तानमा ग्यास पाइपलाइन निर्माण गर्ने एक बृहत आयोजना निर्माणका विषयमा सम्झौता भएको छ ।

शुक्रबार भएको सो सहमतिमा पाकिस्तानको कराचीबाट लाहोरसम्म सो पाइपलाइन निर्माणको सहमति भएको पञ्जाव प्रान्तका अधिकारीले जानकारी दिएका छन् ।

यस आयोजनाका लागि रसियाले दुई अर्ब अमेरिकी डलर बराबरको सहयोग गर्ने भएको छ । यो पाइप लाइन निर्माणको पहिलो चरणको आयोजना आगामी सन् २०१७ सम्ममा पूरा हुने बताइएको छ ।

यस करिब एक हजार १०० किलोमीटर पाइपलाइनले प्रत्येक वर्ष १२ दशमलव चार बिसिएम तरल नेचुरल ग्यास जोड्नसक्ने क्षमताको रहने छ ।

यस सम्झौतामा पाकिस्तानी पेट्रोेलियम मन्त्री साहिद खाक्वान अब्बासी र रसियाली उर्जामन्त्री अलेक्जेन्डर नोभाकले शुक्रबार पाकिस्तानी राजधानी इस्लामावादमा हस्ताक्षर गर्नुभएको हो । उक्त हस्ताक्षर समारोहमा पाकिस्तानी प्रधानमन्त्री नवाज शरिफ पनि उपस्थित हुनुहुन्थ्यो ।

पाकिस्तानी पेट्रोलियम मन्त्रीको गतवर्ष भएको मस्को भ्रमणका क्रममा सो सम्बन्धी सहमति भएको पाकिस्तान सरकारले यसअघि नै जनाएको थियो । रासस/सिन्ह्वा