२२ कार्तिक २०८३, आइतबार

सचिव विष्ट भन्छन्, ‘एमालेले मन्त्री बनाउँदा सिनियरलाई बनाउनुपर्छ’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gokarna-Bistaकाठमाडौं, २९ असोज । एमालेका सचिव गोकर्ण विष्टले मन्त्री छनौटका विषयमा पार्टीभित्र संस्थागत निर्णय गरेर जानुपर्ने बताउनुभएको छ ।

उहाँले मन्त्री चयनमा व्यक्तिगत रुपमा निर्णय गर्ने परम्परा अन्त्य हुनुपर्ने बताउनुभयो ।

नेपालवाणी रेडियो नेटवर्कमा आज बिहान पत्रकार ऋषि धमलासँग कुरागर्दै सचिव विष्टले भन्नुभयो, ‘मन्त्री बन्ने आकंक्षा धेरैको हुन सक्छ । पार्टीमा संस्थागत निर्णय गरेर जाँदा राम्रो हुन्छ ।’

सचिव विष्टले मन्त्री बन्ने सबैको चाहना रहेको भन्दै पार्टीमा काम गरेको र सिनियर नेतालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने उल्लेख गर्नुभयो ।

‘मन्त्री बनाउँदा पार्टीका वरिष्ठ र जनतामा भिजेका नेताहरुलाई ध्यान दिनुपर्छ’, उहाँले भन्नुभयो, ‘मन्त्री बन्ने इच्छा सबैको हुन सक्छ । मापदण्ड बनाएर जानुपर्छ ।’

केही व्यक्तिलाई मन्त्री बनाएका विषयमा स्थायी समितिमा कुरा उठेको बताउनुभएका सचिव विष्टले सकेसम्म सबैलाई सन्तुष्टि बनाएर निर्णय गर्नुपर्ने बताउनुभयो ।