काठमाडौं, २९ असोज । प्रधानमन्त्री खड्गप्रसाद ओली आज सरकारी निवासमा बालुवाटारमा सर्दै हुनुहुन्छ । भक्तपुरको बालकोटस्थित निजी निवासबाट ओली बेलुका सर्ने तयारी गर्नुभएको प्रेस सल्लाहाकार प्रमोद दाहालले जानकारी दिनुभयो ।
‘प्रधानमन्त्री ज्यू आज सरकारी निवास बालुवाटार सर्ने तयारी गर्नुभको छ’, उहाँले भन्नुभयो, ‘अब सरकारी निवासमै बस्नु हुन्छ ।’ ओली सर्ने भएपनि बालुवाटारमा सबै सामान सारिएको छ ।
निवर्तमान प्रधानमन्त्री सुशील कोइरालाले तीन दिनअघि बालुवाटार छाडेपछि ओली सर्न थाल्नु भएको हो । कोइराला महाराजगञ्जस्थित कांग्रेस नेता डा.शशांक कोइरालाको निवासमा सर्नुभएको छ ।
यसअघि कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइराला पनि सोही घरमा बस्दै आउनुभएको थियो ।












प्रतिक्रिया