२२ कार्तिक २०८३, आइतबार

कांग्रेस पदाधिकारी बैठक बस्दै, सभामुखमा घर्तीलाई समर्थन गर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepali Congress NC Meetingकाठमाडौं, २९ असोज । मुलुकको पछिल्लो राजनीतिक अवस्था र सभामुखको निर्वाचनका विषयमा छलफल गर्न प्रमुख विपक्षी दल नेपाली कांग्रेसको पदाधिकारीहरुको बैठक बस्दैछ ।

अहिले केही समयपछि सभापति सुशील कोइरालाको निवास महाराजगञ्जमा बस्ने बैठकमा आज हुने सभामुख र उपसभामुखको निर्वाचनमा के गर्ने भन्ने विषयमा छलफल हुने उपसभापति रामचन्द्र पौडेलले जानकारी दिनुभयो ।

‘सभामुख जस्तो पदमा सर्वसम्मत निर्णय हुनुपर्छ’, उपसभापति पौडेलले भन्नुभयो, ‘सकेसम्म हाम्रो उम्मेदवारी पर्दैन ।’ उहाँले सभामुख जस्तो पदमा सबैको सहमति आवस्यक पर्ने बताउनुभयो ।

कांग्रेसको पदाधिकारी बैठकले सत्तारुढ दलहरुसँग कसरी अगाडि बढ्ने भन्ने विषयमा पनि छलफल हुनेछ । एमाओवादीले ओनसरी घर्तीलाई सभामुखमा उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।