११ कार्तिक २०८३, बुधबार

प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा प्रमोद दाहाल नियुक्त

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pramod-dahal-430x316काठमाडौं, २८ असोज । सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रेस सल्लाहकारमा प्रमोद दाहाललाई नियुक्त गरेको छ ।

सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले दाहाललाई प्रधानमन्त्री ओलीको प्रेस सल्लाहकारमा नियुक्त गरेको हो । यसअघि तत्कालीन सञ्चार मन्त्री शंकर पोखरेलका प्रेस सल्लाहकार भएर काम गरेका दाहाल हाल रेडियो नेपालमा कार्यरत हुनुहुन्छ ।

त्यस्तै आजको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री ओलीको प्रमुख स्वकीय सचिवमा इन्द्र भण्डारीलाई नियुक्त गरेको छ ।