११ कार्तिक २०८३, बुधबार

राजधानीमा जुवा खेल्दै गरेका १० जना पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pakrau chorललितपुर, २८ असोज । जुवातास खेलिरहेको अवस्थामा बुधबार १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।

ललितपुर उपमहानगरपालिका–३ झम्सीखेलस्थित मिरर लञ्ज रेष्टुरेन्टको भुइँतलाको कोठामा जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता दयानिधि ज्ञवालीले बताउनुभयो ।

पक्राउ पर्नेमा काठमाडौँका सुमन कार्की, विजय खत्री, श्री महर्जन र खोटाङका गणेश कोइराला, नुवाकोटका मङ्गल तामाङ, काभ्रेका हरिबोल खनाल, दोलखाका मानबहादुर तामाङ, सिन्धुलीका चतुरमान बल, धादिङका विकास तामाङ र मकवानपुरका राजु लामा रहेका छन् ।

प्रहरीले जुवा खालबाट नगद रु चार लाख ३६ हजार ५०० बरामद गरेको जनाएको छ । रेस्टुरेन्ट सञ्चालक राजेन्द्र राणालाई पक्राउ गर्न खोजी जारी रहेको प्रनाउ ज्ञवालीले बताउनुभयो । रासस