तपाईँ कुन धरातलबाट उठ्नुभएको हो ?
सन् २००५ मा कतार प्रवेश गरेँ । लगत्तै गैरआवासीय नेपाली संघसँग जोडिएँ । ६ महिनासम्म अन्तरराष्ट्रिय समन्वय परिषद्मा काम गरँे । भारी मतले आइसीसी सदस्य नि विजयी बनेँ । कतारमा कन्स्ट्रक्सन सम्बन्धी व्यवसाय गर्दै आएको छु । मेरा कम्पनीमा करिब २ सय जना नेपाली श्रमिकहरु छन् । नेपालमा पनि रेमिट्यान्स, फाइनान्स, ट्राभल एण्ड टुर्सलगायतको व्यवसाय गरिरहेको छु ।
तपाईँको उमेद्वारी के का लागि ?
मैले २८ बुँदे घोषणापत्र नै जारी गरेको छु । नेपालीलाई स्वावलम्बी र आत्मनिर्भर बनाउनुपर्छ भन्ने मेरो पहिलो भनाई हो । त्यस्तै नेपालमा रहेका सम्भाव्यता क्षेत्र जस्तै जलविद्युत, अन्तरराष्ट्रिय पर्यटन हब बनाउने लगायतको काममा अगाडि बढ्नेछु । नेपालमा पर्यटन र कृषिलाई प्रथामिकतामा राखेर काम गर्ने मेरो चाहना छ । र, सानादेखि ठूला विदेशी लगानीलाई नेपालमा भित्र्याउनमा पनि प्रयत्न रहनेछ । अहिले एनआरएनएमा एक करोडको अक्षकोष रहेको छ । र, त्यसलाई २० करोड पु¥याउनेमा भूमिका खेल्नेछु ।
शेष घले हाम्रो आइकन हो । यस अगाडिका सबै अध्यक्ष हाम्रा लागि आइकन हुनुहुन्छ । उहाँलाई आइकनकै रुपमा रहन आग्रह गर्छु । हामीले उहाँलाई सम्मान गर्छौ । सम्मान लिन जान्ने, नजान्ने उहाँको कुरा हो । तपाईँले थालेका काम तपाईँ नै पूरा गर्नुहोस् । हामी सहयोग गर्छौँ । त्यसका लागि अध्यक्ष नै हुनुपर्दछ भन्ने छैन ।
वर्तमान अध्यक्षले उम्मेद्वारी दोहोर्याउने बिषयमा तपाईँको धारणा के छ ?
शेष घले हाम्रो आइकन हो । यस अगाडिका सबै अध्यक्ष हाम्रा लागि आइकन हुनुहुन्छ । उहाँलाई आइकनकै रुपमा रहन आग्रह गर्छु । हामीले उहाँलाई सम्मान गर्छौ । सम्मान लिन जान्ने, नजान्ने उहाँको कुरा हो । उहाँले आफू अध्यक्ष हुने कुरा आधिकारिक बैठकमा कहिल्यै पनि उठाउनुभएन । त्यसैले हामीले दाबी गरेका हौँ । तपाईँले थालेका काम तपाईँ नै पूरा गर्नुहोस् । हामी सहयोग गर्छौँ । त्यसका लागि अध्यक्ष नै हुनुपर्दछ भन्ने छैन ।
तपाईँ अध्यक्ष हुने आधार के छ ?
अहिलेको महाधिवेशनमा सहभागी हुने ९० प्रतिशत प्रतिनिधिहरुसँग प्रत्यक्ष सम्बन्धमा छ । एनआरएनएमै रहेर काम गर्न थालेको पनि १० वर्ष पुगिसकेको छ । म अध्यक्ष हुनु भनेको सबै सदस्य अध्यक्ष हुने हो भन्ने सोच राखेको छु । मलाई जसले चाहे पनि सजिलै भेट्न सक्नुहुन्छ । म खोपीको देउता होइन । म एक कार्यकाल भैसकेपछि नेतृत्व हस्तान्तरण गर्नेछु । अहिले संस्थामा चिरा पर्न लागेको छ, त्यसलाई पनि पुर्ननिर्माण गर्नेछु ।
महाधिवेशनमा सहभागी हुन आउनुभएका एनआरएनएका साथीहरुलाई के भन्नुहुन्छ त ?
व्यापार चलाउनु र संस्था चलाउनु फरक कुरा हो । यो संगठन हो र, संस्थाका आफ्नै मूल्य र मान्यता हुन्छन् । संगठन चलाउन सक्ने साथीहरुलाई मात्र संस्था चलाउन दिनुपर्दछ ।
















प्रतिक्रिया