काठमाडौं, २८ असोज । गैर आवासीय नेपाली संघ (एनआरएन)को सचिव पदका उम्मेदवार अर्जुन कुमार श्रेष्ठलाई समर्थन जनाउँदै अन्य दुई जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।
विहीबार सचिव पदका प्रत्यासी सन्तोष भट्टराई र युवराज अधिकारीले सचिव पदमा श्रेष्ठलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका हुन् । भट्टराई र अधिकारीको उम्मेदवारी फिर्तासँगै एनआरएनको सचिव पदमा श्रेष्ठ बलियो उम्मेदवार देखिएका छन् । एनआरएनको युरोप संयोजक रहेका श्रेष्ठ निकै लोकप्रिय मानिन्छन् ।
श्रेष्ठसँगै धरम केसी, गणेश केसी र सुरेन्द्रबहादुर श्रेष्ठले पनि सचिव पदमा उम्मेदवारी दिएका छन् ।
















प्रतिक्रिया