११ कार्तिक २०८३, बुधबार

मधेसी मोर्चाको बन्द फिर्ता, गौरको अवस्था सामान्य बन्दै

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर
फाइल तस्वीर

रौतहट, २७ असोज । झण्डै दुई महिनादेखि बन्द र हडतालका कारण प्रभावित बन्न पुगेको गौर आजदेखि सामान्य बनेको छ ।

रौतहट सदरमुकाम गौर गत साउन २८ गतेदेखि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बन्द र हडतालका कारण बन्द थियो ।

बजार खुलेपछि व्यापारीले आ–आफ्ना पसल व्यवसाय सुचारु गरेका छन् । बन्द अवस्थामा रहेका वित्तीय संस्था तथा निजी क्षेत्रका बैंकसमेत सञ्चालनमा आएका छन् ।

बन्द खुले पनि सरकारी कार्यालयमा सेवाग्राही अझै आएका छैनन् । यस क्षेत्रका व्यापारी बन्द खुलेको तर डिजेल तथा पेट्रोल सहज नभएका कारण पसलमा सामान पर्याप्त नभएको उपभोक्ताहरु बताउँछन् । रासस