११ कार्तिक २०८३, बुधबार

काभ्रे कुशादेवीका दुई विद्यालयलाई एक/एक लाखको आर्थिक सहयोग

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kavre-help-school (2)

काभ्रे, २७ असोज । भूकम्प प्रभावित काभ्रेको कुशादेवी गाविसका दुई वटा विद्यालयलाइ आर्थिक सहयोग प्रदान गरिएको छ ।

नेपाल जैबिक बिबिधता अनुसन्धान समाज नेपाल र वान अर्थ सोसाइटी वासिन्टनको संयुक्त पहलमा कुशादेवी–५ मा रहेको सुर्यज्योती निमावि र कुशादेवी–६मा रहेको फुल्चोकी निमाविलाई एक–एक लाख रुपैयाँ आर्थिक सहयोग वितरण गरिएको हो ।

सहयोेगी संस्थाका डा.र् यान्दल सि काइले विद्यालयलाई रकम हस्तान्तरण गर्नुहुँदै बालबालिकाको क्षेत्रमा अझै सहयोग पुर्याउने बताउनुभयो । त्यस्तै रकम हस्तान्तरण कार्यक्रममा प्रो. डा. मुकेश चालिसेले समाजिक कामलाई आफूले निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो । साइन्टिक सोसाइटी नेपालका अध्यक्ष हरिबोल आचार्य र माधव ढकालको संयोजनमा राहत स्वरुप सहयोग उपलब्ध गराएको थियो ।

Kavre-help-school (1)सहयोग रकम भूकम्पबाट फुल्चोकी निमाविले जीर्ण बिद्यालय भवन पुनर्निर्माण, बिद्यार्थीहरुलाई बिद्यालय पोसाक, स्टेशनरी र अन्य आवश्यक सामाग्री खरिद्को लागि प्रयोग गरिने बिद्यालयका प्रधानाध्यापक केशब हुमागाइँले बताउनुभयो ।
सुर्यज्योतिले भने उक्त रकम प्रोजेक्टर पावर ब्याकप र अन्य आवश्यक सामग्री खरिदका लागि प्रयोग गर्ने प्रअ बालचन्द्र आचार्यले बताउनुभयो । डा. चालिसे र डा. र् यान्दल सि काइले विद्यालयलाइ आफ्नो तलबबाट रकम हस्तान्तरण गरेका थिए ।