११ कार्तिक २०८३, बुधबार

तराईका गिद्ध म्याग्दीमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

giddhaम्याग्दी, २७ असोज । नेपालका तराई भेगमा पाइने गिद्ध केही समययता पहाडी जिल्ला म्याग्दीमा पनि देखिन थालेका छन् ।

तापक्रम वृद्धि हुने क्रम बढ्दै गएपछि चिसोको खोजीमा तराई क्षेत्रका गिद्ध पहाडी भेगमा आएको हुन सक्ने चरासम्बन्धी जानकारको अनुमान रहेको छ ।

म्याग्दीका ओखरबोट, रुम, ज्यामरुककोट, रत्नेचौर लगायतका गाउँमा यसअघि कहिल्यै नदेखिएका गिद्ध देखिएको स्थानीय बासिन्दाले बताएका छन् ।

पहाडी भेगमा पाइने हिले, हुचिल, रातोपाङ्ग्रे लगायतका गिद्धका प्रजाति लोप हुँदै गएको अवस्थामा तराई क्षेत्रबाट बसाइँ सरी पहाडी भेगमा आएका गिद्ध लामो समयसम्म पहाडी भेगमा पनि अडिन नसक्ने चरासम्बन्धी अध्ययन गर्दै आएका राजु सापकोटाले बताउनुभयो ।

“सिमलको रूखमा बस्ने गिद्ध सिमल लोप हुँदै गएपछि पहाडी भेगबाट बसाइँ सर्न थालेका थिए । तर अहिले देखिन थालेका छन् । बेनी नगरपालिका–४ बगरफाँटका नरबहादुर थापाले भन्नुभयो, “अहिले खेतभरि गिद्धको बिगबिगी छ । यो पनि कति समयसम्मका लागि हो ?”

प्रकृतिको कुचिकारका रुपमा मानिने गिद्ध लोप हुँदै गएपछि वातावरणीय प्रदूषण बढेको सम्बन्धित क्षेत्रका व्यक्तिले बताएका छन् ।

ल्ला वन कार्यालय म्याग्दीका रेन्जर चन्द्रमणि सापकोटा वातावरणीय सन्तुलन कायम राख्न गिद्धको भूमिका महत्वपूर्ण हुने बताउनुहुन्छ ।

तराईका गिद्ध कसरी पहाडमा देखिए यो अनुसन्धानको विषय भएको र वन कार्यालयले यस सम्बन्धमा अध्ययन गर्ने सापकोटाले बताउनुभयो ।

यता हिमाली भेगबाट रैथाने प्रजातिका पशुपक्षी उचित बासस्थानको खोजीमा हिमालपारि जान थालेको लोमान्थाङका डमबहादुर गुरुङले जानकारी दिनुभयो ।

हिमाली भेगबाट लाटोकोसेरो, चिबे, हुचिललगायतका पक्षी र कस्तुरी मृगले बासस्थान छोडिसकेका छन् भने अन्य पक्षी पनि बिस्तारै उच्च हिमाली क्षेत्रमा बसाइँ सर्ने क्रम सुरु भएको छ । रासस