११ कार्तिक २०८३, बुधबार

प्राविधिक कार्यालय काठमाडौँका सव-इन्जिनियर घुस लिँदालिँदै पक्राउ

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

paisa-Ghus-Thagi-Chitthaकाठमाडौँ, २६ असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्राविधिक कार्यालय काठमाडौँका सव इन्जिनियर शरदकुमार श्रेष्ठलाई घुस लिँदालिँदै थलोमा नै पक्राउ परेको छ ।

आयोगकाअनुसार काठमाडौँ नाङ्लेभारे सडकखण्डमा ग्यावियन तार लगाउन र अन्य मर्मत कार्य गर्न ठेक्का लगाउने सम्बन्धमा निर्माण व्यवसायीसँग छलफलका लागि बोलाएर घुस माग्दामाग्दै सोमबार पक्राउ गरेको थियो ।

सोमबार पक्राउ गरेको भएपनि केही अनुसन्धान बाँकी रहेकाले आज मात्रै सार्वजनिक गरिएको आयोगले जनाएको छ । सव इन्जिनियर श्रेष्ठले निर्माण व्यवसायीसँग रु दुई लाख मागेको र लेनदेन भएको रकम आज सामाखुसी टाउन प्लानिङस्थित धौलागिरी खाजाघरबाट नियन्त्रणमा लिइएको हो ।

विकास निर्माणको नाममा चलखेल गरिरहेको भन्ने सूचनाका आधारमा खटिएको आयोगको टोलीले हिजो उनलाई पक्राउ गरेको थियो । रासस