११ कार्तिक २०८३, बुधबार

नर्वे र बेलायतद्वारा प्रधानमन्त्री ओलीलाई बधाई

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

british_flagकाठमाडौँ, २६ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपालको ३८ औँ प्रधानमन्त्रीमा निर्वाचित हुनुभएकामा नर्वे र संयुक्त अधिराज्यले हार्दिक बधाई ज्ञापन गरेका छन् ।

लोकतान्त्रिक विकास, शान्ति र समृद्धिका लागि नयाँ संविधान जारी भएसँगै गठन भएको सरकारको नेतृत्व गर्नुभएका प्रधानमन्त्री ओलीलाई संविधान कार्यान्वयनमा सफलता प्राप्त हुने विश्वास नर्वेले व्यक्त गरेको छ ।

सामाजिक एवम् आर्थिक विकासका साथै पुनःनिर्माणका प्रयासलाई सार्थक तुल्याउन संविधानको कार्यान्वयनका लागि नर्वेले नयाँ नेतृत्वलाई बढावा दिने यहाँस्थित नर्वेली राजदूतावासले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

यसैबीच, एसियाका लागि संयुक्त अधिराज्यका राज्यमन्त्री ह्युगो स्वायरले प्रधानमन्त्री ओलीलाई बेलायत सरकारका तर्फबाट हार्दिक बधाई ज्ञापन गर्नुभएको छ । दुई सय वर्ष पुरानो नेपाल–बेलायत सम्बन्धको स्मरण गर्दै उहाँले नेपालको पुनःनिर्माणका काममा आफ्नो मुलुकको दृढ साथ र सहयोग रहने बताउनुभएको छ ।

उहाँले प्रधानमन्त्री ओली र उहाँ नेतृत्वको नयाँ सरकारसँग काम गर्ने प्रतीक्षामा आफू रहेको बताउनुभएको यहाँस्थित बेलायती राजदूतावासले जारी गरेको राज्यमन्त्री स्वायरको वक्तव्यमा उल्लेख छ । रासस