२९ आश्विन २०८३, बिहिबार

एमालेले महाधिवेशनका लागि ९८ प्रतिसत प्रतिनिधि छनोट ग¥यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

UML-9th-Congress-Logo-600x351

काठमाडौँ, १२ असार । नेकपा एमालेको आगामी नवौँ महाधिवेशनका लागि करीब ९८ प्रतिशत प्रतिनिधि चयन भएको एमालेले जानकारी दिएको छ । एमालेले दिएको जानकारी अनुसार अव महोत्तरी, दाङ–१, काठमाडौं–२, बर्दिया र कैलालीका केही क्षेत्रको मात्र नतिजा आउन बाँकी छ ।

त्यसैगरी एमालेले महाधिवेशनमा प्रतिनीधि संख्या पूर्वअनुमान भन्दा करीब चार सयले बढी हुने जानकारी दिएको छ । जनसंगठन, सदस्यता विवाद मिलाउँदा लक्ष्य भन्दा बढी प्रतिनिधि हुने अवस्था आएको एमालेको भनाई छ ।

महाधिवेशन मूल आयोजक समितिको बिहीवार पार्टी मूख्यालय बल्खुमा बसेको बैठकमा महाधिवेशनको तयारीबारे विभिन्न समितिसँग जानकारी लिइएको थियो । बैठकमा महाधिवेशनमा प्रयोग हुने उच्च सूचना प्रविधिबारे पनि जानकारी गराइएको थियो ।