लुम्बिनी (रुपन्देही), २५ असोज । गत सोमबारदेखि पूर्णरुपमा बन्द रहेको नेपाल–भारत सीमा नाका बेलहिया आजदेखि खुलेको छ ।
आज दिउँसो मध्याह्नदेखि खुलेको बेलहिया नाकाबाट साँझ ६ः३० बजेसम्ममा झन्डै १०० ट्रक नेपाल भित्रिएको इलाका प्रहरी कार्यालय बेलहियाका प्रमुख प्रहरी निरीक्षक रविनबाबु रेग्मीले जानकारी दिनुभयो ।
दिउँसो २ बजेदेखि सहजरुपमा खुलेको बेलहिया नाकाबाट साँझसम्ममा दुईवटा पेट्रोल, दुईवटा डिजेल, तीनवटा ग्यास बुलेट, चारवटा अक्सिजनसहित अन्य खाद्यान्न बोकेका ट्रक तथा टुरिस्ट बस गरी १०० भन्दा बढी साधन नेपाल भित्रिएको उहाँले बताउनुभयो ।
भारतीय बजार सुनौली हुँदै नेपालको जारी संविधानप्रति असन्तोष पोख्दै आएको भारतले आन्दोलनकारीको बलमा गत सोमबारदेखि बेलहिया नाका पूर्णरुपमा ठप्प पारेको थियो । रासस















प्रतिक्रिया