थाइल्याण्ड, ११ असार । गैर आबसिय नेपाली संघ थाइल्याण्ड
ले एक बिषेश भेलाको योजनागरी संघका अन्तरास्ट्रिय समन्वय परिषद् अध्यक्ष शेष घलेलाई सम्मान गरेको छ । यही जून २३ मा बैंकक स्थित होलिडे इन होटेलमा आयोजित नेपाली समुदायको विषेश भेलामा अध्यक्ष घलेको सम्मान गरिएको हो ।
उहाँले उक्त अवसरमा एन आर एन थाईलेन्डको फ्यानस अफ नेपाल परियोजना को उद्घाटन गर्नुभएको थियो । उद्घाटनपछि मन्तव्य ब्यक्त गर्दै अध्यक्ष घलेले एन आर एन थाईलेन्डका कार्यक्रमहरु नविनतम र अन्य देशका भन्दा पृथक रहेको बताउँनु भयो ।
उक्त कार्यक्रममा बोल्दै गैर आबसिय नेपाली संघ थाईलेन्डका अध्यक्ष खगेन्द्रराज ढकाले फ्यानस अफ नेपाल परियोजना नेपाललाई सहयोग गरिरहेका, नेपाललाई माया गर्ने, र नेपालको बारेमा जान्न उत्सुक थाई एबम बिदेशी नागरिकहरुका लागि तय गरिएको एक फोरम भएको दाबी गर्नुभयो ।
उक्त परियोजना संचालन गर्नका लागि संघका संस्थापक अध्यक्ष एबम संरक्षक रमेश श्रेष्ठ र नेपाललाई लामो समयदेखि सहायोग गर्दै आउनु भएका अमेरिकी नागरिक स्टिभ भान बीक लाइ संयोजक तोकिएको छ । त्यसैगरी परियोजना संचालनको लागि नेपाली थाई र अन्य बिदेशी नागरिक सम्मिलित परियोजना संचालन बोर्ड गठन गरिएको छ ।
उक्त बोर्डमा आसजिता अवाले ९नेपाली०, किम्बरली तिमिल्सिना क्यानाडा, मेघा चन्द नेपाली, प्रिचाया सिंह थाई , विजय अवाले नेपाली , नारोंगरिट मोंगकोलपाक थाई ,रविन महर्जन नेपाली, र केदार तिमिल्सिना नेपाली सदस्य सचिब को रुपमा रहेका छन्। उक्त परियोजनाको सल्लाहकार परिसदमा रमेश हमाल, खगेन्द्र राज ढकाल, दन बन्धु रेग्मी, बिजय आचार्य र कुमार कार्की रहेका छन्।
त्यस्तै गरि उक्त भेलाको बीच एन आर एन थाईलेन्ड ले केहि महिना अगाडी स्थापित आफ्नो शैक्षिक सहयोग कोषबाट असहाय बालबालिकाको लागि शिक्षा परियोजना ल्याउने पनि घोifना गरेको छ। उक्त नयाF परियोजनाको प्रसंसा गर्दै अध्यक्ष घलेले दुइ हजार डलर सहयोग पनि प्रदान गर्नु भएको थियो। उक्त परियोजना को संचालनको लागि एन आर एन थाइलेण्डका अध्यक्ष खगेन्द्र राज ढकाल, उपाध्यक्ष दिल बहादुर थापा हरि महासचिब केदार प्रसाद तिमिल्सिना को एक समिति बनाइएको छ। हालसम्म उक्त कोषमा करिब १० लाख नेपाली रुपया संकलन भैसकेको जनाइएको छ।
भेलालाई युनिशेफ थाईलेन्डका प्रमुख विजयराज भण्डारी , गैर आबसिय नेपाली संघ म्यान्मारका अध्यक्ष सागर घिमिरे, गैर आबसिय नेपाली संघ थाईलेन्डका संस्थापक अध्यक्ष एबम संरक्षक रमेश श्रेष्ठ , गैर आबसिय नेपाली संघ थाईलेन्डका पूर्व अध्यक्ष एबम संरक्षक रमेश हमाल , गैर आबसिय नेपाली संघ थाईलेन्डका संरक्षक डेभिड खनाल , नेपाल एम्बेसी का प्रतिनिधि अम्बर बहादुर कार्की , गैर आबसिय नेपाली संघ थाईलेन्डका उपाध्यक्ष एबम नेपाली समाज फुकेटका अध्यक्ष फानुफोङ्ग लिम्बु , गैर आबसिय नेपाली संघ थाईलेन्डका पूर्व अध्यक्ष एबम आइ सी सी प्रतिनिधि मनोज राना, एबम उपाध्यक्ष दिल बहादुर थापा हरिले अध्यक्ष घलेको सम्मान मा आयोजित उक्त भेलामा सुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो भने एन आर एन थाईलेन्ड का महासचिब केदार प्रसाद तिमिल्सिना ले एन आर एन थाईलेन्ड को हालसम्मको प्रगतिबिबरण पेश गर्नु भएको थियो। त्यस्तै गरि एन आर एन थाईलेन्ड का अध्यक्ष खगेन्द्र राज ढकालले एन आर एन थाईलेन्ड का भाबी योजनाहरु र चुनौतिहरुको बिसयमा प्रस्ट्याउनुभएको थियो।
अन्तरक्रिया कार्यक्रममा लामो समय देखि थाईलेन्ड बस्दै आउनुभएका नेपाली हरुको उचित पहिचान र सरकारी एन आर एन कार्ड को लागि नेपाली मुलका बिदेशी नागरिक हरुले अध्यक्ष समक्ष माग गर्नु भएको थियो। उनीहरुको मागलाइ महत्वोका साथ समन्धित निकायमा पहल गर्ने विश्वास अध्यक्ष घलेले भेलामा बोल्दै दिलाउनु भकेको थियो। त्यस्तै गरेर थाईलेन्ड लाइ ट्रान्जिट पोइन्ट बनाएर नेपाली हरु द्वारा हुने गरेका लागि पदार्थ को वोसार पसार , मानब बेच बिखन र ठगि लाइ न्युन गराउने एन आर एन हरुले अध्यक्ष घले संग जोडदार माग गरेका थिए। घलेले अनि सरकारी एबम गैर सरकारी संस्थारू संग मिलेर उक्त समस्याहरुलाई न्यूनीकरण गर्ने प्रयास गर्ने जानकारी गराउनु भयो।
सोहि दिन अध्यक्ष घले को सम्मानमा एन आर एन थाईलेन्ड ले होलिडे इन होटेलमा एक रात्री भोजको पनि आयोजना गरेको थियो। उक्त रात्रिभोजमा नेपाली दुताबास र अन्य नेपाली संघ संस्थाका प्रतिनिधिहरु र एन आर एन को कार्यक्रम मा उपस्थित सबैले भाग लिएका थिए।













प्रतिक्रिया