२९ आश्विन २०८३, बिहिबार

खानीगाउँ दोस्रो पूर्ण साक्षर गाविस घोषणा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

parbat_district_Map

पर्वत, १२ असार । १५ देखि ६० वर्ष उमेर समूहका ९० प्रतिशतभन्दा बढि नागरिक साक्षर बनेपछि पर्वतको खानीगाउँ गाउँ विकास समिति जिल्लाकै दोस्रो पूर्ण साक्षर गाविस घोषणा भएको छ ।

पर्वतका जिल्ला शिक्षा अधिकारी घनश्याम पौडेलले उक्त गाविसलाई पूर्ण साक्षर घोषणा गरेका हुन् । १ हजार ८ सय ६७ जना जनसंख्या रहेको उक्त गाविसका अधिकांश नागरिक साक्षर छन् ।

उक्त गाविसमा एक प्राथमिक, एक निम्न माध्यमिक र दुई माध्यमिक तहका विद्यालय छन् । शैक्षिक जागरणमा लामो समयदेखि अग्रस्थानमा रहेको उक्त गाविसमा ब्राह्मण र दलितको बाहुल्य रहेको छ ।