झापा, २४ असोज । नेपालको ३८ औं प्रधानमन्त्रीमा नेकपा एमालेका अध्यक्ष के पी शर्मा ओली निर्वाचित हुनु भएकोमा नेकपा एमाले भद्रपुरले दिपावली गरेको छ ।
आइतबार साँझ साढे छ बजे लेखनाथ चौकमा एमाले जिल्ला सचिवालय सदस्य माधव विद्रोही, जिल्ला सदस्य तथा भद्रपुर नगर संयोजक अशारु राजवंशी, एमाले ३ नम्बर क्षेत्रीय अध्यक्ष जीवनकुमार श्रेष्ठ, भद्रपुर नगर पालिकाका कार्यकारी अधिकृत सन्तोष घिमिरे, नेपाल निजामती कर्मचारी संगठनका झापा अध्यक्ष लक्ष्मी गुरागाईलगायतले दीपावली गर्नु भएको थियो ।
लेखनाथ चोकमा दीपावली गरेपछिको कोणसभामा नेकपा एमाले भद्रपुर नगर संयोजक राजवंशी, ४ नम्बर क्षेत्रीय अध्यक्ष श्रेष्ठ, कर्मचारी संगठनका झापा अध्यक्ष गुरागाई र राप्रपा नेपालका नगर अध्यक्ष बाबुराम पराजुलीले केपी ओली प्रधानमन्त्री हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दै राष्ट्रका चुनौतीहरुलाई सामना गरी नेपाली स्वाभिमानलाई उचो राख्न शुभकामना व्यक्त गर्नु भएको थियो कार्यक्रम सञ्चालन महेन्द्र खतिवडाले गर्नु भएको थियो ।

















प्रतिक्रिया