काठमाडौँ, २४ असोज । डा बाबुराम भट्टराईले संसद् पदबाट दिनुभएको राजीनामा स्वीकृत भएको छ ।
गोरखा क्षेत्र नम्बर १ बाट एकीकृत नेकपा (माओवादी)का तर्फबाट निर्वाचित डा भट्टराईको आज व्यवस्थापिका–संसद् सचिवालयमा राजीनामा पत्र स्वीकृत भएको हो । राजीनामा पत्र सभामुख सुवास नेम्वाङले आज स्वीकृत गर्नुभएको व्यवस्थापिका–संसद् सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुँइकेलले जानकारी दिनुभयो ।
यही असोज ९ गते राजीनामा दिनुभएको डा भट्टराईको राजीनामा आज स्वीकृत भएको हो । संसद् सचिवालयमा आफैं उपस्थित भएर डा भट्टराईले राजीनामा पत्र स्वीकृतिका लागि सनाखत गर्नुभएको थियो । उहाँको राजीनामा स्वीकृतसँगै सदनमा सांसदको सङ्ख्या ५९७ कायम भएको छ । यसअघि भट्टराईको राजीनामा एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रोकेका थिए । रासस















प्रतिक्रिया