काठमाडौं, २४ असोज । एमाओवादी पार्टी परित्याग गरेका पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफूमाथि सरकार गिराउने र बनाउने भनी लागेको आरोप खण्डन गर्नुभएको छ ।
आइतबार आफ्नो सचिवालयमार्फत विज्ञप्ती जारी गर्दै मुलुकमा ३८औं प्रधानमन्त्रीको चयन हुँदै गर्दा बाबुरामलाई सरकार बनाउने वा गिराउने कामसँग जोडेर गरिएको हल्लाको खण्डन गर्नुभएको हो ।
भट्टराईका निजी सचिव विश्वदीप पाण्डेले आइतबार बिहान जारी गरेको विज्ञप्तिमा आज हुन लागेको प्रधानमन्त्री निर्वाचनमा बाबुरामले आफू निकट सांसदहरूलाई मतदान गर्न रोक्दैछन् भन्ने निराधार हल्लाको खण्डन गरिएको छ ।
‘संसदमा आज हुने प्रधानमन्त्री चुनावमा पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले आफू निकट सांसदहरुलाई मतदान गर्न रोक्दैहुनुहुन्छ, भन्नेजस्ता हल्लाहरू निराधार र गलत भएको स्पष्ट पार्न चाहन्छौं,’ पाण्डेले जारी गरेको विज्ञप्तिमा भनिएको छ । यसअघि शनिबार बाबुराम पक्षका ३० जना नेताले ओलीलाई समर्थन गर्ने एमाओवादी निर्णयको विरोध गरेका थिए ।
यस्तो छ बाबुरामको सचिवालयको खण्डन:
संसदमा अाज हुने प्रधानमन्त्री चुनावमा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले अाफू निकट सभासदहरूलाइ मतदान गर्न रोक्दैहुनुहुन्छ, भन्नेजस्ता हल्लाहरू निराधार र गलत भएको स्पष्ट पार्न चाहन्छाैं ।
वहाँ अहिले सरकार बनाउने वा गिराउने कुनैपनि भूमिकामा संलग्न नहुने स्पष्ट पार्न चाहन्छाैं । वहाँको एउटै ध्येय छ, पछिल्लो समयमा कमजोर हुँदै गएको पहाड-तराइ-मधेसको एकता बलियो बनाउने र बृहत राष्ट्रिय एकताको वातावरण बनाउन पहल र प्रयत्न गर्ने । त्यसका लागि वहाँ विगत केही समयदेखि क्रियाशील रहदै अाउनुभएको सर्बविदितै छ ।
राजनीतिक दाउपेचमा मात्रै अल्झिनु भन्दा अब राष्ट्रिय एकता सँगसँगै मुलुकलाइ अार्थिक समृद्धितिर कसरी लैजाने भन्ने बिषयमा वहाँ विज्ञहरूसँग छलफलमा केन्द्रित हुनुहुन्छ । विज्ञ र सरोकारवालाहरूसँगको छलफल र अान्तरिक तयारी पश्चात वहाँले मुलुकको अार्थिक समृद्धिको योजना सार्वजनिक गर्नुहुनेछ ।
धन्यवाद !
विश्वदिप पाण्डे















प्रतिक्रिया