काठमाडौं, २३ असोज । राजधानीको सिंहदरबार गेटमा पैदलयात्रीलाई ट्रकले ठक्कर दिँदा मृत्यु भएको छ ।
काठमाडौं महानगरपालिका–३१ सिंहदरवारस्थित पश्चिम गेटमा बा.१ ग १५११ नम्बरको ट्रकको ठक्करबाट शुक्रबार गम्भीर घाइते भएका इलाम साठिजुड–३ बस्ने ३८ वर्षीय सुवर्ण शंकरको मोडेल अस्पताल बागबजारमा उपचारकोक्रममा मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । ट्रकचालक ३१ वर्षीय बालकृष्ण श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी काठमाडौं बनस्थली ढुंगेधारामा ना.४ ख ३९८५ नम्बरको बसको ठक्करबाट शुक्रबार घाइते भएका पैदलयात्री नागार्जुन नगरपालिका बस्ने गोरखा धालाजुङका ५२ वर्षीय शिबप्रसाद ढकालको उपचारको लागि शिक्षण अस्पताल महाराजगंजतर्फ लाँदै गर्दा बाटोमै मृत्यु भएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।















प्रतिक्रिया