११ कार्तिक २०८३, बुधबार

चाइनिज पेस्तोलसहित युवक पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pistol-hatiyarईलाम, २३ असोज । इलाममा चाइनिज पेस्तोलसहित एक युवक पक्राउ परेका छन् ।

जोगमाई–३ स्थित जंगलबाट ताप्लेजुङ्ग थेचम्बु–५ बस्ने २५ वर्षीय सन्दिप लिम्बुलाई प्रहरीले शुक्रबार १ नाल कटुवा पेस्तोल, थ्रीनटथ्री राईफलको १ राउण्ड लोड गरेको गोली, १ नाल चाइनिज पेस्तोल र त्यसको म्याग्जिनमा लाग्ने २ राउण्ड गोलीसहित पक्राउ गरेको हो ।

लिम्बुसमेतका ४ जनाले प्रहरीलाई देख्नासाथ आफूहरुसँग भएको झोला फाली भागेपछि उक्त झोलामा रहेको उक्त हतियारसहित लिम्बुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

फरार भएका अन्य ३ जनाको खोजी गर्नुको साथै प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।