काठमाडौं, २३ असोज । सत्तारुढ भारतीय जनता पार्टीका वरिष्ठ नेता तथा विद्यायक चन्द्र मोहन रायले पार्टीबाट राजीनामा दिएका छन् । उनको राजीनामासँगै विहार राज्यमा राजनीतिक उथलपुथल भएको छ ।
बिहारमा हुन लागेको निर्वाचनको मुखमा वरिष्ठ नेताले राजीनामा दिएपछि भाजपालाई ठूलो धक्का लागेको छ । रायले पार्टी छाड्दा कम्पतीमा पनि ५ निर्वाचन क्षेत्रमा भाजपाले चुनाव हार्ने सम्भावना बढेको भारतीय सञ्चारमाध्यमले टिप्पणी गरेका छन् ।
पश्चिमी चम्पारण जिल्लाको चनपटियाबाट विधायक रहेका राय नितिश कुमार नेतृत्वको विहार सरकारका स्वास्थ्यमन्त्री समेत थिए । उनले राजीनामा दिनुको कारण आफ्ना छोरा जन्मेजयका लागि पार्टीले टिकट नदिनु हो । यो क्षेत्रबाट भाजपाले प्रकाश रायलाई टिकट दिएपछि वरिष्ठ नेता चन्द्र मोहनले असन्तुष्टि जनाउँदै राजीनामा दिएका हुन् ।

उनले विधायक(सांसद), मन्त्री र पार्टी सबै पदबाट राजीनामा दिएका हुन् । उनीसँगै पाँच जना अन्य विद्यायकहरुले पनि टिकटलाई लिएर सामुहिक राजीनामा दिएका छन् ।
यसअघि टिकट नपाएकै कारण भाजपाका विधायक अमन पासवान र ललन कुंवरले पनि राजीनामा दिएका थिए । किटका भाजपाका पुराना नेता चुनावमा बाँगी उठ्ने सम्भावना बढेको छ । यसले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टीलाई चुनावपमा ठूलो धक्का लाग्ने अनुमान गरिएको छ ।















प्रतिक्रिया