३० आश्विन २०८३, शुक्रबार

राष्ट्रिय एकताको सरकारको राष्ट्रसंघद्वारा स्वागत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Un-ban-ki-moonसंयुक्त राष्ट्रसंघ, २२ असोज । संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुनले लिबियामा राष्ट्रिय एकताको सरकार निर्माण हुन लागेकोमा स्वागत गर्नुभएको छ ।

उहाँले लिबियामा अहिलेको अवस्थामा राष्ट्रिय एकताको आवश्यकता रहेकोमा देश सोही अनुरुप अघि बढेको भन्दै त्यसको स्वागत गर्नुभएको हो ।

लिबियामा राष्ट्रिय सरकारका लागि भन्दै राष्ट्रपतीय परिषद् गठन गरिएको छ । सो परिषद्ले छिट्टै नै राष्ट्रिय सरकार गठन गर्नेछ ।

महासचिव मुनले लिबियाली राजनीतिक दलका नेताहरुलाई देशमा राष्ट्रिय सरकार गठन गर्ने समय यही हो भन्दै यसका कारण अघि बढाउन सकिने अन्य विकासका कामलाई पनि प्राथमिकता दिनुपर्नेमा जोड दिनुभएको छ । रासस/सिन्ह्वा