११ कार्तिक २०८३, बुधबार

सिङ्गापुरद्वारा नेपाललाई बधाई

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal-Singaporeकाठमाडौँ, २२ असोज । नेपालमा नयाँ संविधान जारी भएकामा सिङ्गापुर सरकारले हार्दिक बधाई ज्ञापन गरेको छ ।

सिङ्गापुरका प्रधानमन्त्री ली सेन लुङले प्रधानमन्त्री सुशील कोइरालालाई आज एक सन्देश पठाई नेपाली जनताप्रति बधाई ज्ञापन गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपालको बृहत् शान्ति, समृद्धि एवम् प्रगतिका निम्ति नयाँ संविधान अग्रगामी कदम हुने भएको सिङ्गापुरका प्रधानमन्त्रीले सन्देशमा उल्लेख गर्नुभएको छ । रासस