२२ कार्तिक २०८३, आइतबार

अर्थमन्त्री ज्यू ! एउटा राम्रो काम गर्नु भएको छ ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

RAM_SHARAN_MAHAT

काभ्रे, २२ असोज । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले दारी धेरै हुँदैमा अर्थमन्त्री बन्न अब नपाइने बताउनु भएको छ ।

शुक्रबार काभ्रेको सदरमुकाम धुलिखेलमा भक्तपुर ट्रक व्यवसायीको १६ औ साधारण सभालाई सम्बोधन गर्नुहुँदै अध्यक्ष बिजुक्छेले अगाडि डाक्टर राख्दैमा र दारी पालेर कलर गर्दैमा अर्थमन्त्री बन्न पाउने परिपाटीको अन्त्य हुनुपर्ने बताउनु भएको हो ।

उहाँले अर्थमन्त्री डा.रामशरण महतलाइ जीवनभरमा देशका लागि गरेको र अर्थमन्त्री बनेपछि भएका एउटा उपलब्धि देखाउन चुनौतिसमेत दिनुभयो । उहाँले भन्नुभयो- कांग्रेसले अरुलाइ अर्थमन्त्री नबाउने कारण के ? अनि ५ पटक सम्म पनि अर्थमन्त्री पनि केहि योजना र जनताको चहानामा पुग्न नसक्ने यिनको क्षमता चै कस्तो ? उहाँले प्रश्न गर्नुभयो ।

अध्यक्ष विजुक्छेले सरकारको नेतृत्व गर्ने अर्थमन्त्रीका कारण पनि पेट्रोलियमा पदार्थको समस्या हल हुन नसकेको आरोप समेत लगाउनुभयो । उहाँले अब पनि राज्यले तत्काल दिर्घकालिन समस्या समाधानको उपाय नलिए देशको अस्तित्व नै धरापमा पर्नेमा चिन्ता व्यक्त गर्नुभयो ।