– विमल योगी
काठमाडौं, २२ असोज । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मुकेश काफ्लेलाई पदबाट निलम्बन गर्न गरिएको प्रस्ताव अस्वीकार गरेको छ ।
आज विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले काफ्लेलाई हटाउने प्रस्ताव अस्वीकार गरेको बैठकमा सहभागी एक मन्त्रीले दैनिक नेपाललाई जानकारी दिए ।
विद्युत विकास परियोजनामा घोटाला गरेको भन्दै काफ्लेलाई कारवाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारलाई सिफारिस गरेको थियो । तर मन्त्रिपरिषद बैठकमा कांग्रेसका मन्त्रीहरुले काफ्लेलाई कारवाही हुनबाट जोगाएका छन् ।
यसअघि अख्यिारकै सिफारिसमा प्रधानमन्त्री सुशील कोइरालाले एमालेबाट उर्जामन्त्री भएकी नेतृ राधा ज्ञवालीलाई बर्खास्त गरेका थिए । मन्त्रीलाई हटाउन सक्ने सरकारले विद्युतका कर्मचारीलाई भने काखी च्यापेर कारवाहीबाट जोगाएको हो ।
बैठकमा एमालेका मन्त्रीहरुले काफ्लेलाई कारवाही गर्न प्रधानमन्त्रीलाई दबाब दिएका थिए । तर, कांग्रेसकै मन्त्रीले एकजुट भएर काखी च्यापेपछि काफ्लेलाई कारवाही गर्न गरिएको अख्तियारको प्रस्ताव प्रधानमन्त्री कोइरालाले अस्वीकार गरेको ती मन्त्रीले जानकारी दिए ।













प्रतिक्रिया