– विमल योगी
काठमाडौं, २२ असोज । सरकारले भारतीय नाकाबन्दी खुलाउन वार्ता समिति गठन गर्ने निर्णय गरेको छ ।
बालुवाटार आज विहान बसेको मन्त्रिपरिषद बैठकले भारतसँग वार्ता गर्न परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेको सयोजकत्वमा वार्ता समिति गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एंव सञ्चारमन्त्री मिनेन्द्र रिजालले जानकारी दिनुभयो । वार्ता समितिमा विभिन्न मन्त्रालयका पदाधिकारी सदस्य रहनेछन् । समितिले भारतसँग हाइ लेभलमा सम्पर्क गरी नाकाबन्दी खुलाउने, पेट्रोलियम पदार्थको आपूर्ति सहज बनाउने प्रयास गर्नेछ ।
यस्तै, सरकारलेसबै सरकारी अस्पतालमा पाठेघरको क्यान्सरको निःशुल्क उपचार गर्ने निर्णय गरेको छ । भूकम्प सहयोग कार्यविधी स्वीकृत गरेको छ । उर्जा मन्त्रालयका सचिवलाई विद्युत विकास बोर्ड अध्यक्ष बनाउने निर्णय गरेको छ । नेशनल टे«डिङ महाप्रबन्धकमा पूर्णशंकर विसीलाई हटाएर सत्यनारायण मेहतालाई नियुक्त गरेको छ । ७६ वर्षीय सगरमाथा आरोही मिन बहादुर शेरचनलाई तीन लाख सहयोग गर्ने निर्णय गरेको छ ।













प्रतिक्रिया