काठमाडौं, २२ असोज । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आफ्नो नेतृत्वमा नयाँ सरकार गठनमा सहयोग जुटाउन सक्रिय हुनुभएको छ ।
पार्टीतर्फबाट प्रधानमन्त्रीको उम्मेदवार बन्नुभएको अध्यक्ष ओलीले संविधानको, कार्यान्वयन, भूकम्प पछिको पुनः निर्माण र आर्थिक विकासका लागि अधिकतम् सहमतिको सरकार गठनका लागि पहल गर्दै आएनुभएको छ ।
यस क्रममा अध्यक्ष ओलीले आज आफ्नो निवास बालकोटमा व्यवस्थापिका संसद्मा रहेको विभिन्न साना दलका नेतासँग छलफल गरिरहनुभएको छ ।
अध्यक्ष ओलीका स्वकीय सचिव रमेश अचार्यका अनुसार छलफलमा नेकाप माले)का महासचिव सिपी मैनाली, राष्ट्रि जनमोर्चाका अध्यक्ष चित्रहादुर केसी, नेपाली जनता दलका अध्यक्ष हरिचरण साह, स्वतन्त्र सांसद् मेहराज दूषाधलगायतको सहभागिता छ रासस












प्रतिक्रिया