काठमाडौं, २२ असोज । प्रधानमन्त्री सुशील कोइरालालाई भेट्न एमाले वरिष्ठ नेता माधव नेपाल र उपमहासचिव विष्णू पौडेल बालुवाटार पुगेका छन् ।
एमालेको नेतृत्वमा राष्ट्रिय सरकारका लागि कांग्रेसको समर्थन माग्न नेपाल र पौडेल अहिले बालुवाटार पुगेका छन् । आफूलाई भेट्न बालुवाटार आएका एमाले नेताद्धय नेपाल र पौडेललाई प्रधानमन्त्री कोइरालाले वेटिङ रुममा कुराएका छन् ।
अहिले बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बसिरहेकाले एमाले नेताद्धयले वेटिङमा बस्नुपरेको हो । नयाँ सरकार र अहिलेको सरकारको समिक्षाबारे छलफल गर्न बालुवाटारमा मन्त्रिपरिषद्को अन्तिम आकष्मिक बैठक बसिरहेको छ ।












प्रतिक्रिया