११ कार्तिक २०८३, बुधबार

भारतीय सवारी साधन चल्न थाले

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

india-nepal-borderभीमदत्तनगर, २२ असोज । भारतले लगाएको अघोषित नाकाबन्दीका कारण पश्चिमी सीमा नाका गड्डाचौकीबाट नेपाल प्रवेशमा रोक लगाइएका भारतीय सवारी साधनसमेत चल्न थालेका छन् ।

नाकाबन्दीको आंशिक प्रभाव परेको यहाँका नाकाबाट भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले गत असोज ११ गतदेखि असुरक्षाको कारण देखाउँदै भारतीय नम्बर प्लेटका सवारी साधन नेपाल आउन सीमा नाकामै रोक लगाएको थियो ।

तर बिहीबारदेखि कञ्चनपुरमा भारतीय सवारी साधन चल्न थालेको इलाका प्रहरी कार्यालय गड्डाचौकीले जनाएको छ । सो कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक राजेन्द्रबहादुर चन्दले गड्डाचौकी नाका क्रमिक रुपमा सामान्य बन्दै गइरहेको बताउनुभयो ।

कञ्चनपुर प्रशासनले मौखिक रुपमा भारतीय पक्षलाई कुनै पनि तोडफोड नहुने भन्दै सुरक्षाको प्रत्याभूति दिएपछि भारतीय सीमा सुरक्षा बल एसएसबीले सवारीका साधन नेपाल आउन दिएको हो ।

भारतीय सवारी साधन नेपाल नआउँदा भारतीय बजारबाट आयात हुने खाद्य सामग्री, फलफूल, तराकारीजन्य वस्तुको बजारमा अभाव देखिँदै आएको थियो भने नेपालीको महान् चाडपर्व दसैँ तिहारका लागि भारतबाट नेपाल फर्कने यात्रुहरु सवारी साधन नचल्दा सीमावर्ती बजार बनबासादेखि गड्डाचौकी बसपार्कसम्म हिँडेरै आउन बाध्य भएका थिए । रासस