२२ कार्तिक २०८३, आइतबार

व्यवस्थापिका संसदको बैठक बस्दै, बहुमतीय सरकार गठन सुरु

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sushil & KP Oliकाठमाडौं, २२ असोज । व्यवस्थापिका संसदको बैठक आज बस्ने भएको छ । नयाँ बानेश्वरस्थित वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेन केन्द्रमा बस्ने बैठकमा केही विधेयक र नियमावली पेश हुन सक्ने स्रोतको भनाइ छ ।

सहमतिको प्रधानमन्त्रीका विषयमा निर्वाचन हुने भनिए पनि कसैले दाबी पेश नगरेकाले आजको बैठकमा सोबारे निर्णय हुनेछैन । अब राष्ट्रपतिले डा.रामवरण यादवले बहुमतीय प्रक्रियाबाट सरकार बनाउन आजै आह्वान गर्नु हुनेछ ।

संसद सचिवालयले सहमतिको प्रधानमन्त्री निर्वाचन प्रक्रिया अगाडि बढाउनका लागि सबै तयारी पूरा गरेको थियो । संसदको बैठक दिउँसो एक बजेपछि बस्नेछ ।