काठमाडौं, २२ असोज । सरकारी र मधेसी मोर्चाको वार्ता टोलीबीच आज तेस्रो पटक वार्ता हुने भएको छ । काठमाडौंमा हुने वार्तामा मधेसी मोर्चाले अघि सारेका राजनीतिक मागका विषयमा छलफल हुने बुझिएको छ ।
यसअघ मधेसी मोर्चाका मागका विषयमा दुई पटक वार्ता भइसकेको छ । वार्ता भए पनि कुनै ठोस सहमति हुन सकेका छैनन् । मोर्चाले अघि सारेका माग पूरा नभएको सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले बताउनुभयो ।
आजको वार्तामा सिमाङ्कन, जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारणलगायतका विषयमा छलफल हुन सक्ने बुझिएको छ । वार्ताको समय भने खुलेको छैन ।












प्रतिक्रिया