२२ कार्तिक २०८३, आइतबार

मन्त्रिपरिषद बैठक अचानक स्थगित, महत्वपूर्ण निर्णय हुन पाएन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

SushilKoiralanepalpmकाठमाडौं, २१ असोज । मन्त्रिपरिषदको बिहीबारका लागि बोलाइएको बैठक अचानक स्थगित भएको छ ।

प्रधानमन्त्री सुशील कोइरालासहितका कांग्रेसका मन्त्रीहरू पार्टीको केन्द्रीय कार्यसमितिमा व्यस्त भएपछि मन्त्रिपरिषद बैठक प्रभावित भएको हो ।

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बालुवाटारमा बिहीबार दिनभरि बसेको छ । सोही बैठकमा सहभागी हुनुपर्ने भएपछि मन्त्रिपरिषद बैठक प्रभावित भएको जनाइएको छ ।

बैठक भोलि शुक्रबार बस्ने स्रोतले जनाएको छ । बैठकले दसैँ विदा, केही उपसचिव र सहसचिवहरूको बढुवाका साथै भारतले लगाएको अघोषित नाकाबन्दीका विषयमा छलफल हुने बुझिएको छ ।