२२ कार्तिक २०८३, आइतबार

कोरियन भाषा परीक्षा इपीएसको नतिजा सार्वजनिक, ८ हजार भन्दा बढी उत्तीर्ण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Korea examकाठमाडौं, २१ असोज । कोरियन भाषा परीक्षा इपीएसको परीक्षाफल विहीबार प्रकाशित भएको छ ।

इपीएस कोरिया शाखाले बिहीबार सार्वजनिक गरेको नतिजाअनुसार परीक्षामा ८ हजार ४ सय ९० जना उत्तीर्ण भएका छन् । जसमा उत्पादनमुलकतर्फ ५ हजार ८ सय १७ र कृषि तथा पशुपालन तर्फ २ हजार ६ सय ७३ जना रहेका छन् ।

इपीएस कोरिया शाखा निर्देशक डिल्लीराम बास्तोलाले परीक्षामा सहभागीमध्ये १९ दशमलव ५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको जानकारी दिनुभयो । इपीएस भाषा परीक्षा असोज २ र ३ गते सञ्चालन भएको थियो ।

इपीएसको नतिजा www.epsnepal.gov.np  र  www.hrd.or.kr  मा हेर्न सकिनेछ ।

इपीएस कोरिया शाखाका अनुसार भाषा परीक्षामा उत्तीर्ण युवाहरुको मंसिरको दोस्रो हप्तादेखि स्वास्थ्य परीक्षण, आवेदन दर्तालगायतका प्रक्रिया सुरु हुनेछ । प्रक्रिया पूरा गरेर उनीहरु सन् २०१६ को जनवरीदेखि कोरियामा रोजगारीका लागि जान सुरु गर्नेछन् ।