२२ कार्तिक २०८३, आइतबार

इटहरी पुगेका प्रचण्डको बोली फेरियो- केपी ओली नै प्रधानमन्त्री बन्नुपर्छ भन्ने छैन्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

prachandaइटहरी, २१ असोज । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अहिले कार्यकर्ता भेटघाटका लागि देश दौडाहमा छन् ।

यही क्रममा क्षेत्रीय स्तरको प्रशिक्षण कार्यक्रममा कार्यकर्तालाई प्रशिक्षण दिन प्रचण्ड बुधबार इटहरी आएका छन् । इटहरीमा कार्यकर्तालाई प्रशिक्षण दिँदै प्रचण्डले आफ्नो पुरानो बोली फेरेका छन् । उनले इटहरीमा केपी ओली नै प्रधानमन्त्री बन्नुपर्छ भन्ने पक्षमा आफू नरहेको बताए । कांग्रेस र एमाले मिलेर जसलाई प्रधानमन्त्री बनाए पनि स्वीकार्य हुने उनको भनाई थियो ।

‘सहमतिबाटै सरकार बनाउने हाम्रो बटमलाईन हो । स्थानीय, प्रदेश र केन्द्रका तीनवटा चुनाव नगर्दासम्म सहमति अनिवार्य छ,’ प्रचण्डले भने,’ तीन दलवीच सहमति हुनुपर्छ, मधेसी र थारुहरुलाई पनि सरकारमा ल्याउनुपर्छ ।’

सरकार गठन तीनै दल मिलेर गर्नुपर्ने भन्दै प्रचण्डले भने– ‘प्रधानमन्त्रीको चयन हिजो भएको सहमति अनुसार नै गर्दा उत्तम हुन्छ, तर कांग्रेस र एमाले मिलेर आउनुहोस्, सुशील भए पनि ठीकै छ, देउवा वा माधव नेपाल जो भए पनि ठीकैछ । मिलेर आउनोस्, हामी दाबी गर्दैनौं ।’

यसअघि प्रचण्डले ओलीलाई प्रधानमन्त्री बनाउने अडान लिँदै आइरहेका थिए । उनले प्रधानमन्त्री र राष्ट्रपति दुबैका लागि आफूलाई ठूलै शक्तिबाट प्रस्ताव आएको बताउँदै अहिले उमेर र इच्छाशक्ति नभएकाले अस्वीकार गरेको बताए ।