काठमाडौं, २१ भदौ । नयाँ प्रधानमन्त्री र सरकारको नेतृत्वका विषयमा छलफल गर्न नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ ।
अहिले केही समयपछि प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा नयाँ प्रधानमन्त्रीमा के गर्ने भन्ने विषयमा छलफल हुने केन्द्रीय सदस्य डा.प्रकाशशरण महतले जानकारी दिनुभयो ।
‘आजको बैठकमा आगामी नयाँ सरकारको नेतृत्व कसले गर्ने वा कसलाई समर्थन गर्ने विषयमा छलफल हुन्छ’, उहाँले भन्नुभयो, ‘सकेसम्म अधिकतम सहमतिमा कांग्रेसले सरकार बनाउन पहल गर्नुपर्छ भनेर हाम्रो जोड हुन्छ ।’
सरकारका विषयमा आधिकारिक धारणा बनाउन कांग्रेसले बुधबारदेखि केन्द्रीय कार्यसमितिको बैठक बोलाएको हो ।
बैठकमा धारणा राख्ने अधिकांश सदस्यले सकेसम्म कांग्रेसकै नेतृत्वमा अधिकतम सहमतिको सरकार बनाउन पहल गर्नुपर्ने बताएका छन् ।




![k|wfgdGqL lgjf; afn'jf6f/df k|wfgdGqL tyf sfFu|]; ;efklt ;'zLn sf]O/fnfsf] ;efkltTjdf a'waf/ ljxfg g]kfnL sf+u|];sf] s]Gb|Lo ;ldltsf] j}7s j:b} . tl:a/ M /f]zg ;fksf]6f, /f;;](https://www.dainiknepal.com/wp-content/uploads/2015/10/Nepali-Congress-NC-Meeting-650x237.jpg)








प्रतिक्रिया