काठमाडौँ, ११ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले पार्टीको विधानबमोजिम विभिन्न जिल्लाका ३८ जनालाई पार्टीको केन्द्रीय सदस्य पदमा मनोनयन गर्नुभएको छ ।
हालै काठमाडौँमा सम्पन्न पार्टीको प्रथम केन्द्रीय महाधिवेशनले विधान संशोधन गरी केन्द्रीय कार्यसमितिमा १२७ जना रहने र त्यसमध्ये ६३ जना अध्यक्षले मनोनयन गर्ने व्यवस्था गरेको थियो ।
पार्टीका मुख्य सचिव विश्वेश्वर शर्मा सुवेदीका अनुसार मनोनित केन्द्रीय सदस्यमा रामकुमार सुब्बा (सुनसरी), बाबुकाजी प्रधान (ललितपुर), दिनेश श्रेष्ठ (भक्तपुर), विश्वेश्वर शर्मा सुवेदी (धादिङ), डा. माधव भट्टराई (काठमाडौँ), सुरेश आचार्य (ललितपुर), रामहरि थापा (ललितपुुर), उद्धव पौडेल(काठमाडौँ), ओमप्रकाश आजाद (बाँके), नारायण श्रेष्ठ (सर्लाही) डा. गीताभक्त जोशी (काठमाडौँ), चन्द्रबहादुर गुरुङ (कैलाली), अमिर मादेन (ताप्लेजुङ), राम थापा (झापा), छविरमण सुवेदी (पाँचथर), मधु अधिकारी (मकवानपुर), प्रमिलादेवी महतो (सिराहा), दिलीप बस्नेत (काठमाडाँै) र खगेन्द्र बस्न्यात (उदयपुर) रहनुभएको छ ।
त्यसैगरी डा. विष्णु भण्डारी (तनहुँ), मीनवहादुर थिङ (धनुषा), निरज शाह (जाजरकोट), मुकुन्दश्याम गिरी (सुर्खेत), जनार्दन आचार्य (काठमाडौँ), डा. लोकराज पौड्याल (काठमाडौँ), हिक्मत सिंह भण्डारी (कञ्चनपुर), पुष्करदत्त भट्ट (कैलाली), हिक्मत ढकाल (बाँके), रमेश अर्याल (बाँके), चन्देश्वर राय यादव (महोत्तरी), विन्दा गिरी (सिन्धुली), भरत रायमाझी (काठमाडाँै), श्यामप्रसाद घिमिरे (काठमाडौँ), रोहित राजवंशी (झापा), वृजलाल यादव (बारा), दमन बस्नेत (सिन्धुपाल्चोक), एजी शेर्पा (सोलुखुम्बु) र सईन्द्र वान्तवा (मोरङ) पनि केन्द्रीय सदस्यमा मनोनित हुनुभएको छ ।
बाँकी सदस्य मनोनयन क्रमिकरुपमा हुँदै जाने मुख्य सचिव सुवेदीले जानकारी दिनुभएको छ ।
















प्रतिक्रिया