११ कार्तिक २०८३, बुधबार

कञ्चनपुरमा सिँचाईमन्त्री एनपी साउदलाई बहिष्कार, विद्यार्थीले कालो झण्डा देखाए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

14100807NP-saudमहेन्द्रनगर, २० असोज । सिँचाई मन्त्री नारायणप्रकाश साउदलाई गृह जिल्ला कञ्चनपुरमा बहिष्कार गरिएको छ ।

बुधबार यहाँका सम्पूर्ण राजनीतिक दल र विद्यार्थी संगठनहरुले विरोध जनाउँदै साउदलाई बहिष्कार गरेका हुन् । कञ्चनपुरमा सरकारले हालै घोषणा गरेको कृष्णपुर नगरपालिकाको उद्घाटन समारोहमा कञ्चनपुरका पाँच विद्यार्थीले संगठनले संयुक्त रुपमा कालो झण्डा समेत देखाएका छन् ।

नगरपालिका उद्घाटन समारोहलाई कांग्रेसीकरण गरेको र अन्य दलका प्रतिनिधीलाई बोलाएर अपमानित गरेको भन्दै नेकपा एमाले, एनेकपा माओवादी र राष्ट्रिय जनमोर्चाले संयुक्त विज्ञप्ती निकालेर मन्त्री साउदलाई बहिष्कार गरेको जनाएका छन् ।

एमाओवादीका स्थानीय युवा नेता अर्जुन साउदले उद्घाटन कार्यक्रममा आफूहरुको मानमर्दन गरेको र कार्यक्रममा सहभागी हुन आएका आफ्ना साथीहरुमाथि नेपाली कांग्रेसका कार्यकर्ताहरुले गाली गलौच र हातपात गर्दै कार्यक्रम स्थलमा आशन ग्रहणमा समेत अपमान गरेको भन्दै कार्यक्रमको बहिष्कार गरेको बताए ।

नेकपा (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन र माओवादी सम्बद्ध दुई क्रान्तिकारी विद्यार्थी सङ्गठन र अखिल छैटौका विद्यार्थीले भने संयुक्त रुपमा सुदूरपश्चिम विश्व विद्यालयको नाम परिवर्तन गरेको भन्दै मन्त्री साउदलाई कालो झण्डा देखाएका हुन् ।

kanchanpur-political-partices-statememnt