काठमाडौं, २० असोज । मधेसी मोर्चासहितका आन्दोलनकारीका माग सम्बोधन गर्ने गरी सरकारले संविधान संशोधनको विधेयक संसद सचिवालयमा दर्ता गराएको छ ।
काननु मन्त्रालयले आज संसद सचिवालयमा नेपालको संविधान २०७२ पहिलो संशोधन विधेयक दर्ता गराएको कानुनमन्त्री नरहरि आचार्यले जानकारी दिनुभयो ।
राज्यका सबै अंगमा समानुपातिक समावेशीका आधारमा प्रतिनिधित्व सुनिश्चित गर्ने, जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारणको विषय संशोधन विधेयकमा छ । संसद बैठक असोज २२ गते बोलाइएको छ ।
गत शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले संशोधन विधेयक तयारीको जिम्मेवारी कानुन मन्त्रालयलाई दिएको थियो । उक्त दुई विषयमा संविधान संशोधनको प्रतिवद्धता प्रमुख तीन दलका नेताहरुले यसअघि व्यक्त गरेका थिए ।












प्रतिक्रिया