३० आश्विन २०८३, शुक्रबार

योगेशले मिलाए आठ बर्षदेखिको एमाले दिल्ली विवाद

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Yogesh bhattarai (3)

काठमाडौं, २० असोज । आठ बर्ष अघिदेखिको एमाले दिल्लीको विवाद एमाले सचिव योगेश भट्टराईले मिलाएर आएका छन् । एमाले निकट प्रवासी संघ दिल्ली राज्य समितिमा आठ बर्षअघिदेखी २ समानन्तर कमिटि क्रियाशिल थियो ।

०६५ फागुुन ५ देखी १५ गतेसम्म वुुटवलमा सम्पन्न एमालेको आठौं राष्ट्रिय महाधिबेशन अघिदेखी नै दिल्ली राज्य समितिमा २ वटा कमिटि बनेको थियो । नेपालको पार्टी भित्रको आन्तरिक गुुटबन्दीको असरले त्यहाँ पनि २ वटा कमिटि बनेको हो । गत अक्टोबर २ मा एमाले सचिव भट्टराईले विवाद मिलाएर आयोजक समिति बनाएका छन् ।

भट्टराईको उपस्थितीमा भएको बिशेष भेलाले रामप्रसाद न्यौपानको अध्यक्षतामा ३१ सदस्यीय दिल्ली राज्य आयोजक समिति बनेको छ । समितिको उपसंयोजकमा वालुराम भण्डारी, डिबी थापा, हरिप्रसाद न्यौपाने, राज उप्रेती, र प्रेम बस्नेत चयन भए । यसैगरी सचिवमा ज्ञानबहादुर बस्नेत, सहसचिवमा श्रीमती इश्वरी भण्डारी र शान्त शर्मा चयन भएका छन् । कोषाध्यक्षमा विरबहादुर गजमेर चयन भए ।

यसैगरी सदस्यहरुमा कुलबहादुर धमेल, गुमबहादुर थापा, जुद्धबहादुर जिसी, राजुु न्यौपाने, एक बी थापा, काशीनाथ न्यौपाने, लीलबहादुर थापा। तुलबहादुर राना, श्रीमती, सविता थापा, मीना भुुषाल, ममता बिक, नन्द भुषाल, नन्द उपाध्यय, खेमानन्द पाण्डे, खेमानन्द भुुषाल, चित्रबहादुर कार्की, गोबिन्द केसी, तुलसी खनाल, बिष्णु नेपाली, हेमलाल रेग्मी, मन्जुु साँवा, अमृत थापा, साध्यन पुन, डीएन गुरागाई चयन भएका छन् ।

यसअघि पार्टीका महासचिव ईश्वर पोखरेल र नेता युवराज ज्ञावली विवाद मिलाउने भनेर दिल्ली पुगेका थिए । तर, विवाद मिलेको थिएन ।

पार्टीको लामो समयदेखीको विवाद मिलाउन पाउँदा खुसी लागेको उनले बताए । भने, ‘लामो समयदेखीको विवाद मिल्यो खुसी लागेको छ ।’ त्यसो त विवाद मिलेपछि त्यहाँ कार्यकर्ताहरुले दिल्लीको सन्देश पनि उनी माफर्त काठमाडौ पठाएका रहेछन् । उनका अनुसार उनीहरुको सन्देश छ,‘पार्टीको सानोतिनो विवाद यतातिर अब नल्याउनुहोस्, पार्टीलाई एकताबद्ध बनाएर देशको नेतृत्व गर्नुहोस् ।’