३० आश्विन २०८३, शुक्रबार

भाजपा नेताविरुद्ध मुद्दा दर्ता गर्न सिफारिस, मोदी चिन्तित

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Modi_AmitShah

काठमाडौं, २० असोज । भारतकै चर्चित दादरी हत्या काण्डमा सत्तारुढ दल भारतीय जनता पार्टीका केन्द्रीय मन्त्रीसहित नेताहरु मुछिएका छन् ।

केन्द्रीय मन्त्री महेश शर्मा र बीजेपीका फायरब्राण्ड विधायक संगीत सोम दादरी हत्या काण्डमा मुछिएका हुन् । स्थानीय प्रशासनले पीडित परिवारलाई भेट्नका लागि अनुमति दिएपनि उनीहरुले सार्वजनिक स्थानमै सभा गरेर समाजिक सदभाव भड्काउने अभिव्यक्ति दिएका थिए ।

स्थानीय प्रशासनले गाउमा जनसभा गर्न निषेध गरेको थियो । स्थानीय पुलिसले गौतम बुद्धनगरका डीएमलाई बुझाएको रिपोर्टमा मन्त्री महेश शर्मा, संगीत सोम, बीएसपी विधायक एवं यूपीका पूर्वमन्त्री नसीमुद्दीन सिद्दीकीविरुद्ध मुद्दा दर्ता गर्न सिफारिश गरेको हो ।

रिपोर्टमा भनिएको छ कि तीनै नेतालाई मात्र पीडित परिवारलाई भेट्न अनुमती दिइएको थियो तर, उनीहरुदे गाउँमा जनसभा गरे । भाजपा विद्यायक संगीत सोममाथि समाज भड्काउने अभिव्यक्ति दिएको आरोप लगाइएको छ ।

यसैबीच आफ्ना मन्त्री तथा विधायकविरुद्ध मुद्दा दर्ताका लागि सिफारिस भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अप्ठेरोमा परेका छन् । उनले पार्टीमार्फत अन्य नेता तथा विधायकलाई दादरी हत्याकाण्डबारे एक शब्द समेत नबोल्न निर्देश जारी गरेका छन् ।

भाजपा नेताकै कारण सामाजिक सद्भाव खल्बलिँदै गइरहेको आरोप लागेका बेला मोदीले कडा निर्देशन दिएका हुन् । भारतको नयाँ दिल्लीको दादरीमा मुश्लिम समुदायका एक व्यक्तिको धर्मकै कारण केही दिन अगाडि हत्या भएको थियो ।