२९ आश्विन २०८३, बिहिबार

नेपाली महिला पर्वतारोही टोली अमेरिकी सर्वोच्च हिमालको शिखरमा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepali-Toli-on-Mount

काठमाडौँ, ११ असार । नेपालका महिला पर्वतारोही टोली उत्तर अमेरिकी महादेशको सर्वोच्च हिमाल माउण्ट डेनालीको शिखरमा नेपालको राष्ट्रिय झण्डा फहराउन सफल भएको छ ।

विश्वका सातैवटा महादेशका सर्वोच्च हिमशिखर आरोहण गर्ने अभियानमा रहेको प्रथम समावेशी महिला पर्वतारोही टोली स्थानीय समयानुसार हिजो दिउँसो १३.४५ बजे ६ हजार १९५ मिटर अग्लो डेनाली शिखरमा पुग्न सफल भएको टोलीकी संयोजक शैली बस्नेतले आधार शिविरबाट जानकारी दिनुभएको छ ।

शिखर चुम्नेहरुमा चुनु श्रेष्ठ, पेमाडिकी शेर्पा, आशाकुमारी सिंह र निम्डोमा शेर्पाकासाथै फोटोग्राफर आङ छिरिङ लामा हुनुहुन्छ ।

यसअघि सो टोलीले एसियाको सगरमाथा, अष्ट्रेलियाको कोजिअस्को, युरोपको इल्ब्रुस, अफ्रिकाको किलिमञ्जरो र दक्षिण अमेरिकी महादेशको अकोन्कागुवाको सफल आरोहण गरिसकेको छ ।

सात सदस्यीय उक्त महिला पर्वतारोही दलले अब आफ्नो अभियानको अन्तिम गन्तव्य मानववस्तीविहीन अन्टार्टिका महाद्वीपको सबैभन्दा अग्लो चुचुरो भिन्सन म्यासिफ रहेको जनाएको छ ।

विश्वमै महिला शिक्षा र सशक्तीकरणका साथै वातावरण संरक्षणप्रति जनचेतना प्रवद्र्धन गर्न समर्पित उक्त पर्वतारोही टोलीलाई संयुक्त राज्य अमेरिकाको अलास्का राज्यस्थित डेनाली आरोहण गर्न नेपाल पर्वतारोहण सङ्घ, गोल्छा अर्गनाइजेसन, पञ्चकन्या समूह, फूलकुमारी महतो स्मृति गुठीलगायतको सहयोग रहेको पनि टोलीबाट थाहा भएको छ ।  रासस

(फाइल फोटो)